• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पाकिस्तानले जिम्बावेसँग एकदिवसीय र टी–२० शृङ्खला खेल्ने

2.3K
SHARES



काठमाण्डाै। पाकिस्तान क्रिकेट टिमले जिम्बावेसँग एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । आउँदो नोभेम्बर र डिसेम्बरमा पाकिस्तानले जिम्बावेसँग ३ खेलको एकदिवसीय र ३ खेलको टी–२० शृङ्खला खेल्ने भएको हो ।

शृङ्खलाका सबै खेल जिम्बावेको बुलावायोमा रहेको क्वीन्स स्पोर्ट्स क्लबमा हुनेछ । एकदिवसीय खेल नोभेम्बर २४, २६ र २८ मा तथा टी–२० खेल डिसेम्बर १, ३ र ५ मा हुने तालिका छ ।

पाकिस्तानले यसअघि सन् २०२०–२१ मा जिम्बावे भ्रमण गरेको थियो । पाकिस्तानले टी–२० शृङ्खला २–१ र टेस्ट शृङ्खला २–० ले जितेको थियो ।

पाकिस्तान र जिम्बावेबीच हुने एकदिवसीय शृङ्खलालाई आईसीसी च्याम्पियन्स ट्रफीको महत्त्वपूर्ण तयारीका रूपमा लिइएको छ । आईसीसी च्याम्पियन्स ट्रफी अर्काे वर्षको फेब्रुअरी र मार्चमा पाकिस्तानमा आयोजना गर्ने प्रस्ताव गरिएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ