काठकाडाैं। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति समक्ष विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेको राष्ट्रपति प्रेस विज्ञ किरण पोखरेलले जानकारी दिएका छन् । नेपाली काँग्रेस र एमालेबिच सत्ता साझेदारी गर्ने सहमति भएको परिवेशमा शीतल निवास पुगेर प्रचण्डले राष्ट्रपतिसँग भेट गरेका हुन् ।
दुई दलको निर्णयपछि प्रचण्डले तत्काल राजीनामा नदिने र संसदमा विश्वासको मतको प्रक्रियामा जाने अडान लिएका छन् ।
बिहान प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर प्रचण्डले ओलीलाई पनि राजीनामा नदिने निर्णय सुनाएका थिए ।
प्रतिक्रिया