• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रपति पौडेललाई भेट्न शितल निवास जाँदै प्रधानमन्त्री प्रचण्ड

    721
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने भएका छन्।

    विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न जान लागेका हुन्।

    मंगलबार बिहान नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकपछि प्रधानमन्त्री प्रचण्ड शीतल निवास जान लागेका हुन्।

    नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पालैपालो प्रधानमन्त्री बन्ने सहमति गरेका हुन्।

    माओवादीको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्‍डले राजीनामा नदिने र विश्वासको मत सामना गर्ने निर्णय गरेको हो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया