काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले कांग्रेस र एमालेको सत्ता सहकार्यको यात्रा पश्चगामी भएको बताएका छन् । मंगलबार बिहान बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकपछि प्रवक्ता सापकोटाले अप्रत्याशितरुपमा घटनाक्रमहरू अगाडि आएका बताएका हुन् ।
‘बाहिर संविधान संशोधनको कुरा आएको छ । त्यसमा पनि समानुपातिक निर्वाचन प्रणालीको कुरा छ । यो अग्रगमनभन्दा पनि पश्चगमनतिर जाने संकेत देखिएको छ । यो बेठिक छ भन्ने हामीलाई लागेको छ । यो यात्रा अग्रगमनतिर परिलक्षित भएको हामीले महसुस गरेका छैनौँ,’ उनले भने ।
समानुपातिक निर्वाचन प्रणाली हटाउने कुरा माओवादी केन्द्रलाई स्वीकार्य नहुने सापकोटाले बताए । कांग्रेस र एमाले सत्ता सहकार्यका लागि मिल्ने कुरा संवैधानिक र लोकतान्त्रिक मूल्य मान्यता आधारित नभएको उनको भनाइ छ ।
प्रतिक्रिया