काठमाडौँ । फ्रान्स युरो २०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेकाे हाे ।
दुई बलिया टोलीबिच भएको भिडन्तमा आत्मघाती गोल निर्णायक बन्नपुग्याे । खेलको ८५ औँ मिनेटमा बेल्जियमका जान भेर्टोङहेनले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स विजयी बनेकाे हाे । अब फ्रान्सले पोर्चुगल र स्लोभेनियाबिचको विजेतासँग अन्तिम ८ मा भिड्नेछ ।
प्रतिक्रिया