• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा

1.6K
SHARES



काठमाडौँ । भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । सोमबार बिहान सम्पन्न समूह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३-० गोल अन्तरले हराउदै क्वाटरफाइनलमा पुगेकाे हाे ।

भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए । यो जितपछि भेनेजुएलाले समूह चरणका तिनै खेल जितेर ९ अंकसहित शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा पुगेको छ ।

त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४-४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समूह चरणबाट बाहिरिएका छन् ।

अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ । यो खेल जुलाई ५ मा हुने छ ।

 

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ