• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सामान्य प्रशासन मन्त्रालयद्वारा २४ कर्मचारीको दरबन्दी कटौती

    471
    SHARES



    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना कर्मचारीको दरबन्दी कटौति गरेको छ । १० असारमा बसेको मन्त्रिपरिषद् बैठकले संघयि मामिला मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गर्दै २४ जना कर्मचारी कटौती गरेको हो ।

    उपसचिव र सोभन्दा तल्ला तहहरूमा दरबन्दी कटौती गरिएको हो । मन्त्रालयका सूचना अधिकारी आश्विनकुमार पोखरेलका अनुसार हालसम्म १७२ जनाको दरबन्दी थियो । अब मन्त्रालयमा १ सय ४८ जना मात्रै कर्मचारीको दरबन्दी कायम भएको छ ।

    २० जना उपसचिवहरू रहेको मन्त्रालयमा २ जनाको दबरन्दी कटौती भएर १८ कायम भएको छ । ७ वटा शाखा अधिकृतको दबरन्दी काटेर ३९ मात्रै राखिएको छ । नासुतर्फ ३, कम्प्युटर अपरेटरमा ३, टाइपिस्ट सुब्बामा २, खरिदारमा ६ र कार्यालय सहयोगीमा ३ जना कर्मचारीको दरबन्दी काटिएको छ ।

    मन्त्रालयमा एक जना आईटी निर्देशक (उपसचिव)को दरबन्दी थपिएको छ । यसअनुसार २५ वटा दरबन्दी कटौती गरेर एउटा थप्दा कुल २४ जना कर्मचारी घट्ने भएको सूचना अधिकारी पोखरेलले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया