• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेकपा विभाजन रोक्ने प्रयास सफल भएन : पूर्वराष्ट्रपति भण्डारी

    1.4K
    SHARES



    काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन नेकपा विभाजन रोक्न आफूले पहल गरेको भएपनि सफल हुन नसकेको बताएकी छन् । शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेलमा गरेको कार्यक्रममा उनले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताएकी हुन् ।

    शुक्रबार मदन भण्डारी प्रतिष्ठानले धुलिखेल गरेको कार्यक्रममा उनले देशका लागि आफूले नेकपा विभाजन रोक्न प्रयास गरेको बताएकी हुन् । भण्डारीले तत्कालीन नेकपाको विभाजनका बेलामा आफूलाई निकै ठुलो चिन्ता लागेको पनि बताइन् । ‘०७७ को कुरा हो । त्यतिबेला मलाईभन्दा बढी पीडा कसलाई थियो होला ?’, भण्डारीले भनिन, ‘झण्डै दुई तिहाइ मत ल्याएको पार्टी यदुवंशी भएर झगडा गरेर फुटेर टुक्राटुक्रा हुन्छ भने मलाई एकदमै चिन्ता हुनु स्वाभाविक हो ।’

    उनले त्यतिबेला आफूले राजनीति नगरेको समेत दाबी गरिन् । आफूले गरेका गतिविधि राजनीति नभएपनि राजनीति गरेको भनेर आरोप लागेको उनको दाबी थियो । ०७७ मा नेकपा विभाजन हुँदा भण्डारी राष्ट्रपतिको भूमिकामा थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया