काठमाडौँ । नेपाल प्रेस युनियनले पहिला सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिएको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै युनियनले सदस्यता सम्बन्धी विवाद नटुङ्ग्याएर एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अगाडि बढाए भाग नलिई चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएकाे हाे ।
अध्यक्ष शिव लम्सालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘युनियनले उठाएका समस्यालाई बेवास्ता गरेर अघि बढेमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिको जिम्मेवार स्वयं महासङ्घको नेतृत्व हुनेछ’ ।
सदस्यता विवादलाई विधान अनुसार टुङ्ग्याउन महासङ्घको नेतृत्वले उदासीनता देखाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै लम्सालले शाखा र प्रदेशले सिफारिस गरेका सदस्यलाई हटाएर महासङ्घको केन्द्रीय समितिले कुनै संरचनाले सिफारिस नगरेका गैर पत्रकारलाई समावेश गरेर सार्वजनिक गरिएको मतदाता नामावलीप्रति युनियनले यसअघिकै असहमति जनाएको पनि स्मरण गराएका छन् ।
प्रतिक्रिया