काठमाडौं । केवाईसी भेरिफाई नभएका ईसेवा अकाउन्टहरूबाट अब कारोबार गर्न नपाइने भएको छ ।
एक सूचना निकाल्दै ईसेवाले आगामी १ साउनदेखि केवाईसी भेरिफाई नभएका डिजिटल वालेटहरूको कारोबार रोक्का हुने भएकोले तत्कालै भेरिफाई गर्न ईसेवाले अनुरोध गरेको छ ।
नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार आगामी १ साउनदेखि सबै डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो वालेटको केवाईसी अनिवार्य रूपमा प्रमाणित गर्नुपर्ने भएकाे छ ।
प्रतिक्रिया