• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    क्युआर बाहेकको विदेशी मुद्रामा हुने भुक्तानीका लागि आरपीएस प्रयोग गर्न राष्ट्र बैंकको निर्देशन

    1.2K
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकले क्युआर बाहेकको विदेशी मुद्रामा हुने अन्तर्देशीय भुक्तानीमा रिटेल पेमेन्ट स्विच (आरपीएस) प्रयोग गर्न सबै भुक्तानीका साधनहरूलाई निर्देशन गरेको छ । बिहीबार भुक्तानी प्रणाली सम्बन्धी निर्देशन–२०८० मा थप व्यवस्था गर्दै राष्ट्र बैंकले उक्त निर्देशन दिएकाे हाे ।

    क्यूआरलगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) बाट विदेशी मुद्रामा हुने अन्तर्देशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पेमेन्टको अक्वायरिङ्ग तथा ईस्युइङ्ग कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्विच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म सो अन्तर्गतको रिटेल पेमेन्ट स्विच (आरपीएस) मार्फत हुने गरी कारोबार गर्न बैंकले निर्देशन गरेको हो ।

    यो व्यवस्था लागू भए पश्चात् यस्तो कारोबार गर्न चाहने भुक्तानी सेवा प्रदायक संस्थाले विदेशीसँग समझादारी (एमओयू) गर्नुपूर्व राष्ट्र बैंकको भुक्तानी व्यवस्थापन विभागसँग पूर्वसहमति लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया