• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

कोपा अमेरिका फुटबलमा भेनेजुयला र इक्वेडर विजयी

2.1K
SHARES



काठमाण्डौ ।  कोपा अमेरिका फुटबलमा भेनेजुयलाले मेक्सिकोलाई हराएको छ । सोफि स्टेडियममा आज भएको समूह ‘बी’ को खेलमा भेनेजुयलाले मेक्सिकोलाई पेनाल्टीमा गोल गरेर हराएको हो ।

भेनेजुयलाका लागि खेलको ५१ औँ मिनेटमा सलोमन रोनडनले पेनाल्टीमा गोल गरे । यो जीतसँगै लगातार दुई खेल जितेको भेनेजुयला छ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ ।

यसैबीच आज बिहान भएको यही समूहको अर्को खेलमा इक्वेडरले जमाइकालाई ३-१ गोल अन्तरले हराएको छ । यो समूहमा इक्वेडर तीन अङ्कसहित दोस्रो स्थानमा, मेक्सिकोतेस्रो स्थानमा र जमाइका पुछारमा रहेका छन् । कोपा अमेरिकामा भोलि पानामा र अमेरिका तथा उरुग्वे र बोलिभियाबीच खेल हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ