काठमाडाैं। सिरहाको धनगढीमाई नगरपालिका १० स्थित धनगढीमाई होटल एण्ड लजमा एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका ३ का करिव ३२ वर्षीय प्रमोद कुमार कामती रहेका छन् ।
होटल सञ्चालक धर्मा महतोका अनुसार बिहान सढे ९ बजे एक जना महिलासँगै आएका कामती होटलमा प्रवेश गरेको जानकारी दिएका छन् । धेरै समय भइसक्दा समेत होटल चेक आउट नभएपछि ढोका खोल्दा काम ती मृत अवस्थामा देखिएपछि प्रहरीलाई खबर गरेको होटल सञ्चालक महतोले जानकारी दिए ।
पारिबारिक श्राेतका अनुसार मृतक कामती वैदेशिक रोजगारीबाट आज बिहानमात्र घर आइपुगेका थिए । मृतका बुवा रामनारायण कामतीले विदेशबाट आउने बितीकै कसैलाई केही नभनी छोरा घरबाट निस्किएको बताए। मृतक कामतीको श्रीमतीसहित तीन छोरा र दुई छोरी छन् ।
कामतीको मृत्यु शंकास्पद रहेको जनाउँदै मृतक कामतीसँग प्रवेश गरेकी अपरिचित महिला फरार रहेको बताउँदै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनास्थलको प्रकृति हेरी मुचुल्का उठाउने काम भइरहेकोले तत्काल केही बताउन नसकिने जनाएकोछ ।
प्रतिक्रिया