• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर स्वदेश फर्किए राष्ट्रपति पौडेल

    1.2K
    SHARES



    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति पौडेल जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज स्वदेश फर्किएका हुन् । स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते त्यसतर्फ प्रस्थान गरेका राष्ट्रपति नौ दिन लामो भ्रमण सकेर स्वदेश फर्किएका हुन् ।

    राष्ट्रपति त्रिभुवन विमानस्थलमा ओर्लँदा प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरू, सभामुख,राष्ट्रिय सभाका अध्यक्ष लगायतले स्वागत गरेका छन् । यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्र्याङ्क वाल्टर स्टाइनमायरबिच जर्मनीको वर्लिनमा प्रतिनिधिमण्डल स्तरीय भेटवार्ता भएको थियो ।

    सो अवसरमा दुई देश बिचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको जनाइएको छ । दुई पक्षीय भेटवार्ताअघि राष्ट्रपति पौडेललाई जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको थियो ।

    सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया