• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    लुखुशीका शिक्षक पौडेलले खेताला शिक्षक राखेर तलब बुझेको खुलासा

    1.8K
    SHARES



    काठमाडौँ । श्रमजित किशोर मावि लुखुशी ललीतपुरका शिक्षक राजेन्द्र राज पौडेलले बर्षौदेखि खेताला शिक्षक राखेर अवैध तलब लिएको खुलासा भएको छ । तृतीय श्रेणीका विज्ञान शिक्षक राजेन्द्र राज पौडेलले अशोक यादवलाई खेताला शिक्षक राखेर अवैध तलव बुझेको पाइएको हो ।

    श्रमजित किशोर माबि लुखुशी ललितपुरका एक निवर्तमान शिक्षकले शिक्षा मन्त्री सुमना श्रेष्ठलाई हुलाकमार्फत एक पत्रसंगै विद्यालयको अध्यापन तालिका पनि पठाएर उनलाई नियम बमोजिम कारवाहि गर्न माग गरेका हुन् ।

    उजुरी कर्ता निवर्तमान शिक्षकका अनुसार निज  राजेन्द्र राज पौडेल एक विद्यालयको प्रधानाध्यापक हुँदा भ्रस्ट्टाचारको आरोपमा कारवाही परेपछि श्रमजित किशोर मा.वि लुखुशी ललितपुरमा सरुवा भएका थिए । उनलाई ललितपुर उपमहानगर पालिकाका शिक्षा महाशाखा  प्रमुख महेन्द्रबहादुर क्षेत्रीको संरक्षण रहेको उजुरी कर्ताको आरोप छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया