• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    रोमाञ्चक खेलमा नेपाल पराजित, सकियाे सुपर एटको सम्भावना

    1.6K
    SHARES



    काठमाडौं। आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको रोमाञ्चक खेलमा नेपाल पराजित भएको छ । शनिबार बिहान सम्पन्न खेलमा नेपालले एक रनले पराजित भएको हो ।

    योसँगै नेपालको सुपर एटमा पुग्ने सम्भावना समाप्त भएको छ । सुपर एटमा पुगिसकेको दक्षिण अफ्रिकाले समूह डी मा चार खेलबाट आठ अंक जोड्दा नेपालले भने तीन खेलबाट एक अंक जोड्यो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। श्रीलंकासँगको दोस्रो खेल भने वर्षाका कारण रद्द भएपछि नेपालले एक अंक हात पारेको थियो ।

    दक्षिण अफ्रिकासँग पराजित भएसँगै यस समूहबाट बंगलादेश र नेदरल्यान्ड्सबीच सुपर एटमा पुग्न भिडन्त हुने भएको छ। नेपालसँग अन्तिम खेल खेल्न बाँकी बंगलादेशको तीन खेलबाट चार अंक छ ।

    श्रीलंकासँग अन्तिम खेल खेल्ने नेदरल्यान्ड्सको समान खेलबाट दुई अंक रहेको छ । नेपालसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिसकेको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा आठ रन चाहिएको थियो। ओटनिल बार्टम्यान आफ्नो ओभरको सुरुआती दुई बल डट राखेका थिए। तेस्रो बलमा गुल्शनकुमार झालाई चौका दिए। चौथो बलमा गुल्शनले दुई रन लिएपछि नेपाललाई जितका लागि दुई रन चाहिएको थियो ।

    एक रन ल्याएपनि खेल सुपर ओभरमा पुग्ने थियो। तर, अफ स्टम्पबाहिरकफ ब्याक अफमा आएको शट बलमा गुल्शनले रन बनाउन सकेनन्। अन्तिम बलमा एक रन लिन नन स्ट्राइकबाट सोमपाल कामी दौडिएपनि गुल्शनले अलमल गर्दा विकेट किपर क्विन्टन डि ककले फ्याँकेको थ्रो बलमा गुल्शन रन आउट हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया