• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    शुक्रबार ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक

    1.5K
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार थप ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बिहीबार बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको बैंकले लगत्तै २ दिनमा ६५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गरिरहेको छ ।

    निक्षेपको तुलनामा बैंकहरुले कर्जा लगानी गर्न नसक्दा तरलता थुप्रिएको छ । गत जेठ २४ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले कूल ६२ खर्ब ३१अर्ब निक्षेप संकलन गर्दै यता ५१ खर्ब ३३अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन् ।

    समीक्षा अवधिमा ८०.२० प्रतिशत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका बैंकहरुसँग ५ खर्ब बढी लगानीयोग्य रकम रहेको छ । बैंकहरुसँग प्रयाप्त तरलता रहेकैले अन्तर बैंक ब्याजदर २.९५प्रतिशतमा झरेको छ भने ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ३.२१ प्रतिशतमा खुम्चिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया