• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाली फुटबल टोली स्वदेश फिर्ता

    1.7K
    SHARES



    काठमाडौँ । फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको खेलको लागि साउदी अरब गएको नेपाली टोली स्वदेश फिर्ता भएको छ । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको टोलीका कप्तान एवम् गोलरक्षक किरणकुमार चेम्जोङले खेलमा आफ्नो टोलीले अधिकतम प्रयास गरेको प्रतिक्रिया दिए ।

    उनले भने, ‘नेपालको प्रतिनिधित्व गर्दै जर्सी लगाएर मैदानमा उत्रिन पाउनु नै हाम्रा लागि ठुलो उपलब्धि हो । हामीले हाम्रोतर्फबाट राम्रो प्रदर्शन गर्‍यौँ । हाम्रो नयाँ टिम हो । म मेरो टिमप्रति गर्व गर्छु । हामी अझै धेरै अगाडि जानु छ । हाम्रो टिममा धेरै युवाहरू छन्, उनीहरूले देशको लागि अझै गर्नुछ ।’

    नेपाली टोली जेठ २० गते आइतबार बेलुकी साउदीतर्फ गएका थिए । साउदीमा नेपालले फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणमा युएई र यमनविरुद्धको अन्तिम दुई खेल खेलेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया