काठमाडौँ। भेट्रान्स फरवार्ड तथा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेको खेलमा पोर्चुगलले सहज जित हासिल गरेको छ ।
युरोकप २०२४ अघिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डमाथि ३-० गोल अन्तरको सहज जित हासिल गरेको हो । खेलको १८औँ मिनेटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १–० गोलले अग्रता बनाएको पोर्चुगलका लागि ३९ वर्षीय कप्तान रोनाल्डोले ५०औँ र ६०औँ गोल गर्दै जित दिलाए। योसँग रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्या १३० पुर्याएका छन्। यो अन्तर्राष्ट्रिय फुटबलमा कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल गरे ।
यूरोकप २०२४ यही जुन १५ बाट जर्मनीमा आयोजना हुँदै छ। समूह एफ मा रहेको पोर्चुगलले आफ्नो पहिलो खेलमा १९ जुनमा चेक रिपब्लिकको सामना गर्नेछ ।
प्रतिक्रिया