• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपाल र श्रीलंकाबिचको खेल रद्द, दक्षिण अफ्रिकालाई फाइदा

    1.8K
    SHARES



    काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलंकाबिचको खेल रद्द भएको छ ।

    अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको हो ।

    खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बटुलेका छन् । खेल रद्द हुँदा दुवै टोलीलाई अर्को चरणमा पुग्न कठिन हुने देखिएको छ ।

    नेपालले समूह चरणको पहिलो खेलमा नेदरल्यान्ड्ससँग छ विकेटले पराजित भएको थियो भने श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग छ विकेट र दोस्रो खेलमा बङ्गलादेशसँग दुई विकेटले पराजित भएको थियो ।

    आजको खेलपछि समूह चरणका बाँकी दुई खेल खेल्न नेपाली टोली वेस्टइन्डिज जानेछ । वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा नेपाली टोलीले यही जेठ ३२ गते दक्षिण अफ्रिका र आगामी असार २ गते बङ्गलादेशसँग खेल्नेछ ।

    यसैबीच आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणमा दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुग्ने पहिलो राष्ट्र बनेको छ । विश्वकपअन्तर्गत बुधबार बिहान हुने भनिएको नेपाल र श्रीलङ्काबिचको खेल वर्षाका कारण रद्द भएसँगै दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा प्रवेश गरेको हो ।

    समूहगत चरणको अन्तिम खेल खेल्नुअघि नै दक्षिण अफ्रिका अघिल्लो चरणमा पुगेको हो । समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाले आफूले खेलेको अघिल्ला तीनवटै खेलमा जित हात पारेको छ । दक्षिण अफ्रिका ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ ।

    दुई खेल खेलेको बङ्गलादेश दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको नेदरल्यान्ड्स दुई अङ्कसहित तेस्रो स्थानमा छन् । दुई खेल खेलेको नेपाल भने एक अङ्कसहित तालिकाको चौथो स्थानमा छ । तीन खेल खेलेको श्रीलङ्काले पनि एक अङ्कमात्र बटुल्न सकेको छ ।

    समूह ‘डी’ को बाँकी खेलमा अब बङ्गलादेशले नेदरल्यान्ड्स, नेपालले दक्षिण अफ्रिका, बङ्गलादेशले नेपाल र नेदरल्यान्ड्सले श्रीलङ्काको सामना गर्नेछन् । उक्त समूहमा अब बङ्गलादेश र नेदरल्यान्ड्समध्ये एक टोलीको मात्र ६ अङ्क पुग्न सक्ने सम्भावना छ ।

    त्यसैले यसअघि नै तीन खेलबाट ६ अङ्क बटुलिसकेको दक्षिण अफ्रिका ‘सुपर–८’ चरणमा पुगेको हो । दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले, दोस्रो खेलमा नेदरल्यान्ड्सलाई चार विकेटले र तेस्रो खेलमा बंगलादेशलाई चार रनले हराएको थियो ।

    यसअघि एसियाली राष्ट्र ओमान नवौँ टी–२० विश्वकपको उपाधि होडबाट बाहिरिने पहिलो टोली बनेको थियो । समूह ‘बी’ मा रहेको ओमानले सुरुको तीनवटै खेलमा हार भोगेको छ । नेपालले भने अब आफ्नो दुवै खेल क्यारेबियन राष्ट्रमा खेल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया