• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गण्डकीमा मन्त्रिपरिषद विस्तार- गुरूङ र देवकोटा बने मन्त्री

    684
    SHARES



    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद विस्तार गरेका छन्। मुख्यमन्त्री पाण्डेले स्वतन्त्र सांसद राजिब गुरूङ (दीपक मनाङे) र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई मन्त्री बनाएका हुन्।

    मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले गुरूङ र देवकोटालाई मंगलबार मन्त्री नियुक्त गरेका हुन्। गुरूङलाई भौतिक पूर्वाधार र देवकोटालाई ऊर्जा मन्त्री नियुक्त गरिएको हो।

    साथै नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख भट्टले शपथ गराएका छन्। मुख्यमन्त्री पाण्डेले सोमबार विश्वास मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र १ र माओवादीको चुनाव चिह्नबाट जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए।

    गण्डकीमा यसअघि कांग्रेसबाट विन्दुकुमार थापा सामाजिक विकास र टकराज गुरूङ आर्थिक मामिला मन्त्री नियुक्त भएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ