• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    विश्वकप फुटबल छनोट: नेपालले आज यमनसँग खेल्दै

    1.8K
    SHARES



    काठमाण्डाै । फिफा विश्वकप-२०२६ तथा एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ । नेपालले आज राति पौने १२ बजे साउदी अरबको दमाममा रहेको प्रिन्स मोहमद विन फाहद स्टेडियाममा सुरु हुने भएको हो ।

    समूह ‘एच’ मा रहेको नेपालले पाँच खेल खेल्दा गोल गरेको छैन । समग्रमा १८ गोल बेहाेरेको छ । नेपाल यूएईसँग भएको दुई खेलमा समान ४–० र बहराइनसँग ५-० र ३-० ले तथा यमनसँग २-० ले पराजित भएको थियो । विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको हुँदा नेपाल समूहको आफ्नो अन्तिम खेलमा आज सुखद नतिजा निकाल्ने लक्ष्यमा छ ।

    आजको खेल कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बुको १ सयऔँ अन्तर्राष्ट्रिय खेल हुनेछ । धनकुटाका ३४ वर्षीय किरण नेपाली राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् । उनले सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ