• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    फारुकी र रासिदसामु निरीह बन्यो न्युजिल्याण्ड, अफगानिस्तानसंग ८४ रनले पराजित

    1.3K
    SHARES



    गुयाना । कप्तान रासिद खान र फजलहक फारुकीको घातक बलिङ र रहमानुल्लाह गुरबाजको विस्फोट ब्याटिङको मद्दतले अफगानिस्तानले न्युजिल्याण्डलाई ८४ रनले पराजित गरेको छ । टी–२० अन्तर्राष्ट्रियमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलो अवसर पनि हो ।

    १ सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५.२ ओभरमा ७५ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा अफगानिस्तानको यो लगातार दोस्रो जित हो । यसअघि टोलीले युगान्डालाई १ सय २५ रनको विशाल अन्तरले हराएको थियो ।

    न्युजिल्याण्डलाई सस्तोमा समेट्न खानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र १७ रन खर्चिए । त्यस्तै, फारुकीले ३.२ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे । मोहम्मद नाबीले दुई विकेट लिए ।

    न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले १८ बलमा १८ रन तथा म्याट हेनरीले १७ बलमा १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो ।

    ओपनरद्वय रहमनुल्लाह गुरबाज र इब्राहिम जादरानले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । गुरबाज र जादरानले १ सय ३ रन जोड्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए ।

    जादरान ४१ बलमा ४४ रन जोड्दै आउट भएपछि उक्त साझेदारी तोडिएको थियो । उनले यसक्रममा ३ चौका र २ छक्का प्रहार गरे ।

    टोलीका लागि गुरबाजले सर्वाधिक ८० रन बनाए । बोल्डको बलमा बोल्ड हुनअघि उनले मात्र ५६ बलमा ५ चौका र ५ छक्का हिर्काए । उनी जारी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी पनि बनेका छन् ।

    अज्मतुल्लाह ओमरजाईले १३ बलमा २२ रनको योगदान दिए । उनले १ चौका र २ छक्का प्रहार गरे । कप्तान रासिद खान ६ रन बनाएर आउट भए ।

    खेलमा न्युजिल्याण्डले विपक्षी टोलीका ब्याटरले आउट गर्ने थुप्रै अवसरहरु गुमाएको थियो । टोलीले क्याच र रनआउट गर्ने अवसरबाट चुक्यो । न्युजिल्याण्डका लागि ट्रेन बोल्टर म्याट हेनरीले २–२ विकेट लिए । लोकी फर्गुसनले १ विकेट हात पारे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ