• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय विजनेश

चुनावमा अप्रत्याशित नतिजा आएपछि भारतीय शेयर बजारमा हाहाकार, एकैदिन ६ हजार ९० अङ्कले घट्यो 

2.9K
SHARES



काठमाडौँ। भारतमा लोक सभा निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ । प्रारम्भिक मत परीणामा अनुसार भारतीय जनता पार्टी (बीजेपी)को सिट घट्ने देखिएपछि शेयर बजारमा त्रास छाएको छ । बीजेपी नेतृत्वको एनडीए गठबन्धनले ४०० भन्दा धेरै सिट जित्ने एक्जिट पोलले देखाएको थियो । तर प्रारम्भिक नतिजाअनुसार एनडीएको अग्रता ३ सय सिटभन्दा तल छ ।

यसैबिच शेयर बजारमा हाहाकार देखिएको छ । मंगलबार एकै दिनमा भारतको प्रमुख शेयर परिसूचक सेन्सेक्स ६ हजार अङ्क भन्दा धेरैले घटेको छ । मध्याह्न १२ः२० मा सेन्सेक्स ६ हजार ९० अङ्कले घटेर ७० हजार ३७४ अङ्कमा आएको थियो ।

बिहानी कारोबारमै सेन्सेक्स १ हजार ७ सय अङ्क घटेर खुलेको थियो । चुनावी मत परिणाम अगाडि आउँदै गर्दा बजार ओरालो लाग्ने क्रम तीव्र बनेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ