• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    त्रिभुवन विमानस्थलको धावनमार्गमा ‘खाल्डो’ परेपछि…

    785
    SHARES



    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि)को भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको जानकारी दिएका छन् ।

    झाका अनुसार उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ भने खाल्डो पुर्ने गर्ने काम भइरहेको छ । मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण गरिएको हो ।

    झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी-डी’ भागमा खाल्डो परेको हो । खाल्डो पुर्न विमानस्थलको मर्मत टोली अहिले धावनमार्गमा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ