काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदमा विकसित भइरहेका घटनाक्रमहरु सुखद् नभएकाे बताएका छन् । मंगलवार धनुषामा समाजवादी प्रेस संगठन नेपालको पत्रकार सम्मेलनका क्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
नेपालले सत्ता सहकार्यलाई अघि बढाउने कुरामा सबै सत्ता घटक सदस्यहरुमा विश्वास, सहयोग र समझदारी बनाएर अघि बढ्ने आफूहरुको काम हुने बताए । उनले संस दको गतिरोध हटाउने कुरामा बताए ।
कार्यक्रममा बोल्डिया अध्यक्ष नेपालले भने, ‘यो सरकारमा हामी सामेल छौँ, यो सहकार्यलाई अघि बढाउने सन्दर्भमा सम्बन्धित सबै घटक सदस्यहरुको माझमा राम्रो विश्वास, राम्रो सहयोग, समझदारी, राम्रो सहकार्य हुनुपर्दछ, हामी देशका सबै शक्तिहरुसँग सहमतिका साथ अघि बढ्न चाहन्छौँ। संसदमा जुन किसिमका घटनाहरु भइरहेका छन्, ति घटनाहरु वास्तवमा सुखद् छैनन्। त्यसैले वार्ता र संवाद गर्ने कुरामा पनि समाधान खोज्नुपर्छ। गरु स्वार्थमा त्यसलाई मोड्ने काम गर्नु हुँदैन। निजी हितमा सोच्नु हुँदैन। हिजो एक किसि मको अवस्था थियो, अवस्थामा परिवर्तन भएको छ, हामीले विभिन्न पार्टीका नेताहरुसँग एक ढंगले संवाद कायम गरका थियौ। सहकार्य गर्दै आएका छौँ। अर्कोढंगले जानुपर्ने हो की भन्ने अवस्था पनि बनेको छ। अब यि सबै कुराका सन्दर्भमा कुनैपनि पार्टी फुटोस् भन्ने पक्षमा छैनौँ ।’
उनले कुनैपनि पार्टीहरु नफुटुन् भन्ने आफूहरुको चाहना रहेको पनि बताएका छन् ।
प्रतिक्रिया