काठमाडौँ । कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । नेविसंघ शुक्रवार संसद् भवन अगाडि विभिन्न नारासहित प्रदर्शनमा उत्रिएको हो ।
प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछियको भनिएको सहकारी प्रकरणमा छानविन समिति बनाउने मागसहित संसद् अवरोध गरिरहेको छ ।
प्रतिक्रिया