• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे

3K
SHARES



काठमाण्डौ। भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एक भिडियोमार्फत सुनीलले सन्न्यासबारे जानकारी गराएका हुन् । उनले आउँदो जुन ६ मा कुवेतसँगको खेलमा भारतबाट आफ्नो अन्तिम खेल खेल्नेछन् ।

४० वर्षीय सुनीलले सन् २००५ जुन १२ मा पाकिस्तानसँगको खेलमा भारतका लागि डेब्यु गरेका थिए । उनले आफ्नो पहिलो खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए ।

सुनील क्षेत्रीले एक सय ५० खेलमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनी सर्वाधिक गोलकर्ताको तेस्रो नम्बरमा छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ