• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता, के भयो कुराकानी ?

    634
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बिहान प्रधानमन्त्रीसँग संसदमा जारी गतिरोध र त्यसको निकासका बारेका छलफल गरेका छन् ।

    प्रधानमन्त्रीसँगको भेटमा संसद्लाई प्रभावकारी बनाउने विषयसँगै केही समयदेखि विपक्षीका कारण भएको अवरोध लगायतका विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिएका छन् ।

    सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दै कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न बोलाइएको बैठक समेत कांग्रेसले अवरोध गरेको छ । प्रतिनिधि सभाको बैठक बिहीबार ११ बजेका लागि बोलाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ