• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कोशी समाचार

    कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    1.9K
    SHARES



    काठमाण्डाै । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख अम्बरबहादुर विष्टले घोषणा गरेका हुन् ।

    कार्कीको पक्षमा ५७ मत परेको छ । नेपाली कांग्रेसले बैठक बहिष्कार गरेकाले विपक्षमा मत परेनन् । आजको बैठकमा ६२ जना सांसद उपस्थित भएकामा राप्रपाका सांसद तटस्थ बसेका हुन् ।

    मुख्यमन्त्री कार्कीको नियुक्तिविरुद्धको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेकाले तत्काल विश्वासको मत लिन नहुने भन्दै कांग्रेसले आजको बैठक बहिष्कार गरेको हो । कार्कीविरुद्धको मुद्दामा जेठ ७ गते सर्वोच्चमा पेसी तोकिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ