• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

    1.4K
    SHARES



    काठमाडौँ। ललितपुर मेयर्स कप महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेश र नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले आयोजक ललितपुर मेयर्स-११ लाई १६ रनले पराजित गरेको हो ।

    वर्षाका कारण प्रभावित खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २२ रन जोड्यो । सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले ३० रन तथा कविता जोशीले २५ रन बनाए ।

    ललितपुर मेयर्स-११ का लागि आरती महतो र कृतिका मरासिनीले समान २-२ विकेट हात पारे । जवाफमा भने डिएल मेथडअनुसार ललितपुर मेयर्स-११ ले ११ ओभरमा ६२ रनको लक्ष्य पाएको थियो । तर उसले २ विकेटको क्षतिमा केवल ४५ रन जोड्न सक्यो ।

    ललितपुर मेयर्स-११ का लागि पुजा महतोले १४ तथा सरस्वती जिएमले १२ रन जोडे । सुदूरपश्चिमका लागि जानकी थापा र रितु कनौजियाले १-१ विकेट हात पारेका हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ