• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    महान्यायाधिवक्ता झुक्दा झुक्दा लम्पसारै परिसक्नुभयो- कांग्रेस

    751
    SHARES



    काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता झुकेर लम्पसार परेका बताएका छन् ।

    सदनको बजेट अधिवेशनको पहिलो दिन डाकिएको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री गगन थापाले महान्यायाधिवक्ता डा. दिनमणि पोख्रेल झुक्दा झुक्दा लम्पसारै परेका आरोप लगाएका हुन् ।

    महान्यायाधिवक्ता कार्यालयले केही दिनअघि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेमाथि सहकारी ठगीमा कुनै उजुरी नपरेको दाबी गर्दै ‘क्लिनचिट’ दिएको थियो ।

    स‌ंसदमा बोल्दै कांग्रेस महामन्त्री थापाले भने, ‘माननीय गृहमन्त्रीले केही दिनअघि सदनको बाहिरपट्टिको भर्‍याङमा उभिएर संसद् ४ वर्ष बन्द भए पनि हुन्छ, मजाले चलाउने हो भन्नुभएको थियो । भर्खर भर्खर आउनुभएको, धेरै कुरा थाहा भएन कि भन्ने लागेको । तर प्रधानमन्त्री त धेरैपटक प्रधानमन्त्री हुनुभएको, पटक-पटक सदनमा आउनुभएको, सदन कसरी चल्छ, चलाउनुपर्छ भन्ने पक्कै पनि बुझ्नुभएको होला भन्ने लागेको थियो । तर, हिसाबकिताब बिग्रने डर त सबैतिर हुने नै भयो । आज सदनमा जुन दृश्य बन्न जाँदैछ, यसको कारण हामी होइनौं । कारक पनि हामी होइनौं । जे गर्ने सोच राखिएको छ, त्यसको ठूलो मूल्य सबैले चुकाउनुपर्छ ।’

    महामन्त्री थापाले प्रश्न गरे, ‘समिति बनाएर छानविन गरिदिए आहा कति आनन्द हुन्थ्यो । सबैले थाहा पाउँथे । किन डराएको ? किन भागेको ? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोल्न लगाएको छ । हुँदाहुँदा कानूनले भन्छ : महान्यायाधिवक्ताले कुनै प्रभावमा पर्नु हुँदैन, यहाँ त प्रभाव होइन । झुकाव राख्न हुँदैन भन्छ, झुकाव होइन ।, महान्यायाधिवक्ता त झुक्दा झुक्दा लम्पसारै परिसक्नुभयो । किन डराएको ? किन आत्तिएको ?’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ