• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संसद्ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनु पर्छ- गगन थापा

    550
    SHARES



    काठमाडौँ ।शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् ।  बैठकमा सभामुखसँग समय लिएर बोल्दै थापाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्तको कार्यालयको दुरुपयोग गरेको बताएक हुन् ।

    उनले पहिलो बैठकमा उभिएर सभामुखसँग समय मागेर बोल्न नचाहेपनि उभिएर बोल्नुपरेको बताएका छन् । उनले संसदमा सांसदहरूको प्रश्नको घाँटी बन्द गर्न खोजिएको दाबी गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सदन चले नचलोस् सरकार चल्छ भनेको बताउँदै धेरै पटक प्रधानमन्त्री भएको पार्टीले त्यो कुरा बुझ्नुपर्ने पनि उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ