काठमाडौँ । हरियाणाको नुहमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । शनिबार बिहान करिव ६० जना सवार रहेको बस दुर्घटनाहुँदा ८ जनाको घटनास्थलमा र थप दुई जनाको अस्पतालमा मृत्यु भएको हो । उक्त दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।
भारतीय समाचार माध्यमका अनुसार प्रहरीले बसमा आगलागी हुँदा हाताहाती भएको जनाएको छ । कुण्डली–मानेसर–पलवल एक्सप्रेस राजमार्गमा बिहान २ बजेतिर सो बस दुर्घटना भएको हो ।
बसमा सवार सबै यात्रु चण्डीगढ र पञ्जाबका बासिन्दा हुन् । बसमा आगजनी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रतिक्रिया