• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    महालक्ष्मी विकास बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण सम्झौता

    2.3K
    SHARES



    काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले नेपाल र भारत बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी गरेका छन् ।

    विकास बैंकहरु मध्ये यस बैंक एनसीएचएल सँगअन्तर्देशीय कारोबार भुक्तानीका लागि सम्झौता गर्ने पहिलो बैंक हो । भारतमा नोष्ट्रा खाता सञ्चालनमा रहेकाले बैंकले उक्त सुविधा दिन सकेको हो ।

    सम्झौता पश्चात् अन्तर्देशीय कारोबार क्रस बोर्डर भुक्तानी सेवा सुरुवात लगत्तै नेपालमा रहेका भारतीय नागरिकहरूले महालक्ष्मी बैंकमा खोलिएको कुनै पनि यूपीआई ह्रयान्डल लिंक गरिएको खातामार्फत भारतमा रहेको आफ्नो खातामा सिधै रकमान्तर गर्न सक्नेछन् ।

    यसै गरी भारतमा रहेका नेपाली नागरिकले पनि यूपीआई इनेबल्ड एप प्रयोग गरेर नेपालमा रकमान्तर गर्ने व्यवस्था उपलब्ध छ । यो अन्तर्देशीय भुक्तानी शुरु भएपश्चात् विशेष गरी विद्यार्थी, तीर्थयात्री, पर्यटक तथा चिकित्सा उपचारका लागि भारत जानेहरुले सेवा लिन पाउनेछन् ।

    सो सम्झौता पत्रमा महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश लम्साल र एनसीएचएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । बैंकको देशभर १०३ वटा शाखा कार्यालय र करिब ७ लाख ग्राहकहरू रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ