काठमाडौं । नेपालले पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ ।
१ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट भएका थिए ।
खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाएका हुन् ।
प्रतिक्रिया