• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

कुशल भुर्तेलले नै लिए वेस्ट इन्डिजको तेस्रो विकेट

2.2K
SHARES



काठमाडौँ । नेपालले चौथो टी-२० क्रिकेटमा बिहीबार भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ को तेस्रो विकेट लिएको छ ।

वेस्ट इन्डिजको तेस्रो विकेट पनि कुशल भुर्तेलले लिएका हुन् । जारी खेलमा कुसलले लिएको यो दोस्रो विकेट हो । यसअघि उनले ओपनर जोन्सन चाल्र्सको विकेट लिएका थिए ।

कुशल भुर्तेलले वेस्ट इन्डिजका चौथो नम्बरका ब्याट्सम्यान केसी कार्टीलाई चार रनको ब्यक्तिगत स्कोरमा कप्तान रोहित पौडेलद्वारा क्याच गराए ।

१३‍.२ ओभरमा केसी कार्टी आउट हुँदा वेस्ट इन्डिजले एक सय २६ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भ्रमणकारी टोली वेस्ट इन्डिजले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

पाँच खेलको शृंखलामा वेस्ट इन्डिज २-१ ले अगाडि छ । शृंखलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ