• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता

    1K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो ।

    उनीहरुबिच उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत वैशाख १५ मा सम्पन्न इलाम-२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ ।

    इलाम-२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल भएको बुझिएको छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ