• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अमेरिका लगायतका देशमा रोजगारी दिने भन्दै ठगी बढेपछि…

    652
    SHARES



    काठमाडौँ । युरोप अमेरिकालगाएत देशहरुमा रोजगारीको अवसर भन्दै ठगी बढ्न थालेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचेत गराएको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ठगीका घटना बढिरहेकाले प्रलोभानमा नपरी सचेत साहना भनेको हो ।

    त्यस्तो प्रकारको ठगीमा संलग्न रहेको पाइएमा वैदेशिक रोजगार ऐन, २०६४ अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ । ऐनको दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्च समेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

    ऐन विपरीत रोजगारीको प्रलोभन देखाउने, युरोप, अमेरिका, जापान, कोरिया, इजरायल लगायतका देशहरूमा रोजगारीको अवसर छ भनेर सामाजिक सञ्जालहरूमा भ्रामक सूचना प्रेषित गर्ने र आम नागरिकमा भ्रम सिर्जना गरी आर्थिक रूपमा ठगी गर्ने गरेको भन्दै मन्त्रालयले सचेत गराएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ