• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    डेढ किलो सुनसहित १ करोड ४३ लाख रुपैयाँ बरामद

    751
    SHARES



    काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।

    विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले ७ जनालाई पक्राउगरेको छ भने डेढ किलोभन्दा बढी सुन र मोटो रकम बरामद गरेको हो ।

    काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १ हजार ७ सय ६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेललाई पक्राउ गरेको छ ।

    त्यस्तै भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पनि पक्राउ परेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया