• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    जीवनशैली फिटनेस

    अग्लो सिरानी बनाएर सुत्दा के हुन्छ ?

    3.9K
    SHARES



    काठमाडौँ । सुत्नका लागि सिरानी एक महत्त्वपूर्ण वस्तु हो । मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । के सिरानी बिना सुत्न सकिएला त ? सुत्नुअघि नै मानिसले सिरानी खोइ भन्न थालिहाल्छन् । सिरानी बिना सुत्ने कुरा हामी परिकल्पना पनि गर्न सक्दैनौँ किनभने सिरानीले हाम्रो निद्राको गुणवत्तामा सीधा प्रभाव पार्छ ।

    मानव शरीरको हड्डीको संरचना शरीर हुँदै हाम्रो दिमागसम्म जोडिएको हुन्छ । यसको रचना नै त्यसरी भएको छ । जब हामीले सिरानी राखेर सुत्ने गर्छौँ, तब हाम्रो शरीरमा धेरै फरक पर्छ ।

    सिरानी राखेर सुत्दा मानव शरीरले पूर्ण रुपमा काम गर्न नपाउने र तनाव व्यवस्थापन गर्न समेत गाह्रो हुने विभिन्न रिपोर्टहरूले देखाएका छन् । तर धेरै अग्लो सिरानी लगाएर सुत्नु नोक्सान दायक पनि हुन सक्छ ।

    टाउको दुख्ने र माइग्रेन
    अग्लो सिरानीमा सुत्दा टाउको दुख्ने र माइग्रेनको समेत समस्या हुन्छ । सिरानीको अनुचित पोजिशनले गर्दा टाउको दुख्ने सम्भावना बढ्छ ।

    तनाव हट्दैन
    हामी दिनभरिको थकानका कारण रातिको समयमा आराम गर्ने गर्छौँ । त्यो अवस्थामा अग्लो सिरानी राख्दा तनाव हट्न सक्दैन । यसले गर्दा हाम्रो शरीरको तनाव पनि हड्डीतिर सर्न थाल्छ । एक हिसाबले भन्ने हो भने अग्लो सिरानीका कारण हाम्रो तनाव र थकान राम्रोसँग सञ्चार भएर बाहिर निस्किन पाउँदैन ।

    तनाव बढी हुन थालेपछि शरीरको थकान पनि मेटिँदैन । यसले हाम्रो दैनिकीलाई नै असर पार्न थाल्छ । यसको असर रिंगटा लाग्ने, केही सेकेन्डका लागि चक्कर आउने, टाउको भारी हुने, सोच्ने तरिकामा समेत समस्या पर्ने हुन्छ ।

    गर्दन दुख्नु
    अग्लो सिरानीको प्रयोगले गर्दनमा असह्य पीडा हुन्छ । लामो समयसम्म अग्लो सिरानीमा सुत्नाले गर्दनको मांसपेशीमा तनाव बढ्छ ।

    मानसिक स्वास्थ्यमा असर
    अग्लो सिरानीको प्रयोगले मानसिक स्वास्थ्यमा समेत असर पार्न सक्छ । अस्पतालमा पनि डाक्टरले अपरेसन गर्दा कुनै सिरानीको प्रयोग नगर्ने गरेको पाइन्छ । यद्यपि, कसैलाई अग्लो सिरानीमा सुत्दा कुनै पनि प्रकारको समस्या भइरहेको छ भने डाक्टरसँग सम्पर्क गर्नुपर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया