• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    राष्ट्रपति महिला उत्थान कार्यक्रद्वारा ६ सय ७८ गर्भवती तथा सुत्केरीको उद्धार

    807
    SHARES



    काठमाण्डाै। सरकारले अहिलेसम्म दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार गरेको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहतको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको निःशुल्क उद्धार गरी उपचारको व्यवस्था मिलाएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि यो कार्यक्रम लागू गरिएको थियो ।

    चालु आर्थिक वर्षमा अहिलेसम्म एक सय २६ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार भइसकेको राष्ट्रपति महिला उत्थान समन्वय इकाइकी प्रमुख नीता शर्माले जानकारी दिएकी छन् ।

    दुर्गम क्षेत्रका नजिकको स्वास्थ्य संस्थाले दिएको सिफारिसलाई आधार मानेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयको जानकारीमा यो इकाइले तत्काल नेपाली सेनाको हेलिकप्टरबाट निःशुल्क उद्धार गरी उपचार हुने व्यवस्था मिलाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया