• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीरेन्द्र तालको अवस्था सामान्य

    334
    SHARES



    गाेरखा । गोरखाको चुमनुब्री गाउँपालिका-१ सामागाउँको वीरेन्द्र तालको अवस्था अहिले सामान्य बनेको छ ।

    आइतबार आज बिहान वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बूढीगण्डकी नदीमा पानीको सतह बढेको थियो भने सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको थियो ।

    गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार अहिले अवस्था निकै सामान्य रहेकाले कोही पनि आत्तिनुपर्ने अवस्था छैन । गाउँपालिकाले पनि सूचना निकालेर अवस्था सामान्य रहेको र बूढीगण्डकी किनारमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया