• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    राष्ट्रपति नपाएपछि बाबुराम पार्टी एकताको विपक्षमा उभिए : महिन्द्र राय यादव

    787
    SHARES



    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बन्न नसकेपछि माओवादी केन्द्रसँग पार्टी एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् ।

    शनिबार नेपाल समाजवादी पार्टीको यादव पक्षले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा उनले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपति पद नपाएपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।

    ‘उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो, यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । मलाई थाहा छ, डा. सापले मलाई भन्नुभयो–राष्ट्रपति भएन, हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ, मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो–मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साब विचलित हुनुभयो’, यादवले भने ।

    बाबुरामले राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट हिसिलालाई उम्मेदवार बनाउन खोजेको पनि यादवले आरोप लगाए । ‘प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस्’, उनले भने ।

    तर नपाएपछि पार्टी एकताको विपक्षमा उभिएको यादवको भनाइ छ । आफूहरुलाई बाबुरामले मन्त्री पदको लोभमा पार्टी एकता गरेको आरोप लगाए पनि पदको लोभ उनले बढी गरेको यादवको आरोप छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ