• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    सुन प्रकरण- फरार रहेका जीवन चलाउनेविरूद्ध डिफ्युजन नोटिस जारी

    717
    SHARES



    काठमाडौँ । ६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेविरूद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएको छ ।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुरोधमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

    उनका अनुसार चलाउनेविरूद्ध केही समयअघि नै नोटिस जारी भइसकेको हो । इन्टरपोलले उनीविरूद्ध फेब्रुअरी २३ तारिखमा नोटिस जारी गरेको हो। यसरी नोटिस जारी भएको लामो समय बित्दा पनि उनी पक्राउ परेका छैनन् ।

    जीवन चलाउने र चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङको निरन्तर संवाद भएको देखिएको थियो। दावा पनि ६० किलो सुन प्रकरणका मुख्य अभियुक्त हुन् । उनी भने हाल कारागारमा छन् । सुन तस्करीको छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले सिआइबीले जीवन चलाउनेलाई छाडेको भनेर कमजोरी समेत औल्याएको थियो ।

    सिआइबीले चलाउनेलाई सिआइबीकै कार्यालयमा बोलाएर बयान लिएको तर पछि फरार बनाएको भन्दै अनुसन्धान अधिकृतहरूलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

    आयोगले प्रतिवेदन बुझाएसँगै तत्कालीन अनुसन्धान अधिकृत रहेका एसपी संजयसिंह थापा, डिएसपी दुर्गा दाहाल, डिएसपी रूगम कुँवरलगायतलाई सिआइबीबाट प्रधान कार्यालय सरूवा गरेको थियो ।

    त्यस्तै सिआइबीकी प्रमुख एआइजी किरण बज्राचार्यलाई पनि जिम्मेवारीबाट हटाएर एआइजी श्याम ज्ञवालीलाई प्रमुखको जिम्मेवारी दिइएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ