• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ९ महिने बालिकासंगै जलिरहेको अवस्थामा भेटिइन् २३ वर्षीया प्रियंका

    1K
    SHARES



    काठमाडौं। महोत्तरीकी २३ वर्षीया प्रियंका महतो धनुषाको जनकपुरधाममा जलिरहेको अवस्थामा फेला परेकी छन् । गएराति प्रियंका र अन्दाजी ९ महिने बालिका जलिरहेको अवस्थामा फेला परेका हुन् ।

    जलेर मृत्यु भएका महिला र बालिका आमाछोरी हुन सक्ने प्रहरीले अनुमान गरे पनि पुष्टि भने भइसकेको छैन ।

    जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचोकस्थित रेल्वे लिक नजिकै रहेको पोखरीकाे डिलमा बुधबार राति युवतीको शव जलिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए । युवतीको शव नजिकै करिब ९ महिनाकी बालिका पनि जलेको अवस्थामा फेला परेको उनले बताए ।

    मृत्यु भएकी महिला महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया प्रियंका महतो रहेको र करिब ९ महिनाकी बालिकाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    युवती र बालिकाको दुबै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ