• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    एसीसी प्रिमियर कप- कतारको सेमिफाइनल पुग्ने सम्भावना कायमै

    1.5K
    SHARES



    काठमाडौँ । कतारको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको छ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत कतारले साउदी अरेबियामाथि जित हात पारेसंगै । कतारको सेमिफाइनल पुग्ने सम्भावना कायमै रहेको हो ।

    मंगलबार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो । यससँगै कतारले सेमिफाइनल पुग्ने सम्भावना पनि कायमै राखेको छ ।

    कतारले ४ मध्ये २ खेलमा जित हात पार्दै ४ अंक जोडेको छ । सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालको ३ खेलमा ६ अंक छ ।

    यता समान ३-३ खेल खेलेका साउदी अरेबिया, मलेसिया र हङकङको समान २-२ अंक छ । बुधबार हुने खेलमा हङकङले मलेसिया तथा नेपालले साउदी अरेबियाको सामना गर्ने तालिका रहेको छ । ती दुई खेलको नतिजाले समूह ‘ए’ बाट अन्तिम ४ मा प्रवेश गर्ने बाँकी एक टिमको टुंगो लाग्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ