• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    वीर अस्पतालमा आन्द्रा सुन्निने रोगको ओपीडी सञ्चालन, हरेक सोमबार सेवा लिन सकिने

    0.9K
    SHARES



    काठमाडौं । वीर अस्पतालले ग्यास्ट्रोइन्टेरोलोजीको हप्ताको एक दिन विशेष ओपीडी सेवा सुरू गरेको छ ।

    ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्माका अनुसार हरेक सोमबार ग्यास्ट्रोको विशेष ओपीडी सेवा सञ्चालनमा आएको हो ।

    आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिज्‌जस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि साताको एक दिन विशेष बहरिंग सेवा सुरू गरिएको शर्माले जानकारी दिएका छन् ।

    ‘आन्द्रा सुन्निने, अल्सरेटिभ कोलाइटिस, क्रोन्स डिजिजजस्ता रोगको उपचारलाई प्रभावकारी बनाउनका लागि हरेक हप्ताको सोमबार विशेष ओपीडी सेवा सञ्चालन गरिरहेका छौं । यसले बिरामीलाई थप सहज हुने अपेक्षा गरिएको छ,’ शर्माले भने ।

    अस्पताल प्रशासनका अनुसार विशेषज्ञ ओपीडी सेवा लिनका लागि बिरामीहरूले हरेक हप्ताको सोमबार दिउँसो १ बजेदेखि ३ बजेसम्म अस्पतालको ग्यास्ट्रोइन्टेरोजोलीको ओपीडी रहेको दोस्रो तलाको कोठा नं. २३१ नम्बरमा सम्पर्क गर्नुपर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ