• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    टी-२० अन्तर्राष्ट्रियमा आसिफको हजार रन

    833
    SHARES



    काठमाडौँ । नेपाली ब्याट्सम्यान आसिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पुरा गरेका छन् ।

    उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा १ हजार रनको कोशे ढुंगा पार गरेका हुन् ।

    यसअघि उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल ९ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा उनी ३७ रन बनाउँदै क्रिजमा छन् । सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक थियो ।

    २२ वर्षीय आसिफ शेखले टी-२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी सोमबारको खेलमा छैटौँ अर्धशतकतर्फ अघि बढिरहेका छन् ।

    यस्तै, नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले एसीसी प्रिमियर कपमा हङकङविरुद्ध खेलमा एक परिवर्तन गरेका छन्।

    अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेको छ ।

    देसाईंले आजको खेलमा विवेककुमार यादवलाई विश्राम दिएका छन् । उनको स्थानमा करण केसीले टोलीमा पूनरागमन गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया