• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

हङकङविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने

1.8K
SHARES



काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार खेलिने हङकङविरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । नेपालले टस जिती हङकङलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खेल नेपाली समयअनुसार, बिहान ११ः ४५ बजे सुरु हुने भनिए पनि वर्षाका कारण ढिलो भएको हो । वर्षा रोकिएकाले अबको केही समयमै खेल सुरु हुने बताइएको छ । जारी प्रतियोगितामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो ।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ